उकेरा टप फाइभ : ओलीलाई गाली गर्दा एमाले प्रदेश सांसद निलम्बन भएकोदेखि सुबीना श्रेष्ठको चौथो अंगसम्म

काठमाडौं : आज सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने भएको थियो। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट आज काठमाडौं ल्याउन लागिएको भएपनि काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरे आइतबारदेखि छुट्टीमा रहेकाले उनलाई आज काठमाडौं ल्याइएन।
नेपाल प्रिमियर लिग एनपिलको पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले पाएको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भयो। त्यस्तै, एनपिएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ।
पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का कार्यकर्ताहरूले जेलमा थुनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै गरिरहेको प्रदर्शन आज इस्लामाबाद प्रवेश गरेको थियो। आन्दोलनकारीलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको छ।
अब लागौं, उकेरा टप फाइभतर्फः
उकेराले आज बिहान रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच वटा वायुसेवाले उडान थालेको समाचार लेख्यो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सातामा २३ वटा अन्तराष्ट्रिय उडान हुन थालेको छ। चारवटा सीधा उडान भएका छन् भने १९ वटा उडान ‘कनेक्टिभ’ हुँदा निजी क्षेत्र उत्साहित भएर यात्रुहरूसमेत सिधा आफ्नै भूमिमा आउन पाउँदा खुसी भएको विषय समाचारमा समेट्यो।
पूरा समाचारः उडानले उत्साही उद्यमी, तर बढेनन् यात्रु
मध्यान्ह उकेराले आफ्नो नियमित कोलम चौथो अंग लेख्यो। जसमा न्युयोर्क टाइम्स, दी गार्जियन, बाइलाइन अनि अल्जाजिरामा काम गरेकी सुबीना श्रेष्ठले ‘नेपाली मिडियाले उठाउनुपर्ने इश्यु’का विषयहरू उठान भए। खासगरी श्रेष्ठले विभेद भोगेका वर्गबारे नेपाली मिडियाले काम गर्नेबारे आफ्नो अनुभव सुनाएकी छन्।
पूरा समाचारः
चौथो अंग : विभेद भोगेका वर्गबारे नेपाली मिडियाले काम गर्नै बाँकी छ
दिउँसो उकेराले आईपीएलको मेगा अक्सनबारे समाचार सामाग्री लेख्यो। जहाँ कहलिएका खेलाडी नबिकेको र १३ वर्षीय बालकको रेट एक करोड १० लाख भएको विषय समेटिए।
पूरा समाचारः आईपीएलको मेगा अक्सन : कहलिएका खेलाडी बिकेनन्, १३ वर्षीय बालकको रेट एक करोड १० लाख
साँझपख उकेराले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तुच्छ शब्दमा आक्रोश पोखेको समाचार लेख्यो। उनले बालेनलाई 'त्यसले कहाँबाट अधिकार पायो, एमालेलाई एक लाख जरिवाना तिर् भन्ने? काठमाडौंको मेयरले त्यसो भन्न पाउँछ?, उनले भनेका छन्, 'कहाँको महाराज भएछ त्यो?' भनेका छन्।
पूरा समाचारः बालेनसँग सञ्चारमन्त्री गुरूङको तुच्छ शब्दमा आक्रोश 'एमालेलाई जरिवाना तिराउने कहाँको महाराज भएछ त्यो मेयर?'
साँझपख नै उकेराले एमालेले पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको समाचार लेख्यो। जहाँ चौधरीले ओली र पोखरेलको मानहानि हुने गरी सार्वजनिक रूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने गरेको कारण निलम्बन गरेको कुरा उल्लेख छ।
पूरा समाचारः एमालेले प्रदेश सांसद चौधरीलाई गर्यो निलम्बन, कारण- केपी ओली र शंकर पोखरेललाई गालीगलौज गर्नु!
मंसिर ११, २०८१ मंगलबार २२:०८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।