केवाइसी रूजु गर्ने वालेटकै तीन कर्मचारी पक्राउ
काठमाडौं : सेवाग्राहीको ग्राहक पहिचान फाराम (केवाइसी) रूजु गर्ने वालेटकै तीन जना कर्मचारी पक्राउ परेका छन्।
वालेटको केवाइसी रूजु गर्न ग्राहकले अपलोड गरेका फोटो, नागरिकतालगायत विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा ५५ वटा खाता सञ्चालन गरेर आर्थिक कारोबारमा संलग्न भएको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका-५ का २० वर्षीय साहिल श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका-४ का २२ वर्षीय सविनकुमार कुमाल र रामेछापको उमाकुण्ड गाउँपालिका-२ का २२ वर्षीय सुरेन्द्र बस्नेत छन्।
उनीहरूमाथि आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
मंसिर ११, २०८१ मंगलबार २०:४४:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।