हिजो १५ हजार नौ सयले घटेको सुनको मूल्य आज २६ सय रुपैयाँले गिरावट
काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ।
मंगलबार तोलाको १५ हजार नौ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा दुई हजार ६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।
सरकारले सुनमा लाग्ने कर घटाएसँगै र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेकाले सुनको मूल्यमा गिरावट आएको हो।a
मंसिर ११, २०८१ मंगलबार ११:०७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।