तोलामा १५ हजार नौ सयले घट्यो सुन
काठमाडौं : साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँले घटेको छ।
सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
सरकारले सुनको भन्सार दरलाई २० प्रतिशतबाट १० प्रतिशतमा झारेपछि सुनको मूल्यमा असर परेको हो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १ सय १५ रुपैयाँ घटेको छ।
आइतबार तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार आठ सय ४५ रुपैयाँ भएको छ।
मंसिर १०, २०८१ सोमबार १०:४६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।