सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १७ सय रूपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ। 

आज १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो। 

मंसिर ९, २०८१ आइतबार १२:१६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।