भारतीय सेना प्रमुखको भ्रमणलाई अवरोध पुर्याउन सक्ने आशंकामा ग्रेटर नेपालका अभियन्ता फणिन्द्र पक्राउ
काठमाडौं : प्रहरीले ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई नियन्त्रणमा लिएको छ।
आज काठमाडौंको शान्तिनगरबाट प्रहरीले नेपाललाई नियन्त्रणमा लिएर होल्ड गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
‘केही कुरा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौं, एसपी अधिकारीले भने।
अहिले भारतका सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणका लागि आएका छन्। सेना प्रमुख द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरिसकेका छन्।
उनको भ्रमणको क्रममा अवरोध पुर्याउन सक्ने आशंका गर्दै प्रहरीले उनलाई पक्राउ गरिएको हो।
त्यसअघि यस विषयमा प्रश्न गर्दै नेपालले चिनियाँ सेना प्रमुखलाई पनि सोही दर्जा प्रदान गर्नुपर्ने भन्दै विज्ञप्तिसमेत जारी गरेका थिए।
मंसिर ६, २०८१ बिहीबार १६:०२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।