चेक बाउन्स मुद्दामा अदालतले सजाय सुनाएपछि भागेका लामा पक्राउ
काठमाडौं : चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौं महानगरपालिका-४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ मा दुई वर्ष कैद र ३० लाख बिगो तथा ३० लाख रूपैयाँ जरिवाना सजाय हुने फैसला गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ।
लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेको प्रहरीले जनाएको छ।
मंसिर ३, २०८१ सोमबार १४:२७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।