सुनको मूल्य एक हजार रुपैयाँ बढ्यो
काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ।
आइतबारको तुलनामा सोमबार सुनमा तोलाको एक हजार रुपैयाँ बढ्दा चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार सुन तोलाको एक लाख ६१ हजार रुपैयाँ भएको छ। आइतबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँ कमाएको थियो।
त्यसैगरी चाँदीको मूल्य आज तोलाको १५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँ भएको छ।
यसअघि आइतबार चाँदी तोलाको एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको थियो।
मंसिर २, २०८१ सोमबार १२:२१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।