रुपन्देहीको बयान सकिएपछि पोखरा फर्काइए रवि, निषेधित क्षेत्रमा नाराबाजी गरेको आरोपमा ७ जना पक्राउ

रुपन्देहीको बयान सकिएपछि पोखरा फर्काइए रवि, निषेधित क्षेत्रमा नाराबाजी गरेको आरोपमा ७ जना पक्राउ

पोखरा : सुर्यदर्शन सहकारीमा रहेको बचतकर्ताहरूको रकम दुरुपयोगमा बयान लागि रुपन्देही पूर्याइएका रवि लामिछानेलाई प्रहरीले पोखरा ल्याएको छ।

सुर्यदर्शनको रकम अपचलनबारे उनीसँग बयान लिने काम सकिएपछि शुक्रवार पोखरा फर्काइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रविलाई रुपन्देहीबाट पोखरा ल्याउँदा रास्वपा समर्थकहरूले नाराबाजी गरेका थिए।

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र तोकेको स्थानमा विरोध प्रदर्शन गरेको आरोपमा प्रहरीले रास्वपाका सात जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले रविलाई मङ्गलवार रुपन्देही लगेको थियो। रुपन्देही प्रहरीले बुटवलको सुप्रिम सहकारीको रकम दुरुपयोगमा उनको संलग्नताबारे जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान गराएको थियो। बयानमा उनले सबै दोष जीवी राईलाई लगाएर आफू निर्दोष रहेको जिकिर गरेका थिए।

कात्तिक ३०, २०८१ शुक्रबार १८:३०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।