तेस्रो दिन पनि भैरहवामा रविको बयान जारी, आज सक्ने तयारी

तेस्रो दिन पनि भैरहवामा रविको बयान जारी, आज सक्ने तयारी

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई तेस्रो दिन पनि बयानका लागि भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ।

प्रहरीको कडा सुरक्षाबीच बिहीबार बिहान साढे १० बजे रविलाई सरकारी वकिल कर्यालय लगिएको हो। त्यहाँ पुर्याएसँगै उनको बयान शुरू भएको छ। आजै उनको बयान सक्ने तयारी छ।

मंगलबार र बुधबार बयान नसकिएपछि लामिछानेलाई दुई दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।

बुटवलमा रहेको सुप्रिम सहकारी संस्थामा बचतकर्ताको रकम ठगी प्रकरण लागि कास्कीबाट लामिछानेलाई रुपन्देही ल्याइएको थियो।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

सोही आधारमा अनुसन्धान लागि बयान लिइरहेको हो।

कात्तिक २९, २०८१ बिहीबार १३:१५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।