‘कबड्डी ४’लाई उछिन्दै ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म, बनायो अरू २ वटा रेकर्ड

‘कबड्डी ४’लाई उछिन्दै ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म, बनायो अरू २ वटा रेकर्ड

काठमाडौं : फिल्म ‘कबड्डी ४’लाई उछिन्दै ‘पूर्णबहादुरको सारङ्गी’ अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। 

प्रदर्शनको १३ औं दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रूपैयाँ ग्रस कमाएर यो फिल्मले सबैभन्दा धेरै कमाउने फिल्मको रूपमा इतिहास दर्ज गर्यो। 

यसअघि फिल्म ‘कबड्डी ४’का नाममा रहेको रेकर्ड पनि ‘पूर्णबहादुरको सारङ्गी’ले ब्रेक गरेको वितरक मनोज राठीले बताए। 

‘कबड्डी ४’को निर्माण पक्षले दिएको जानकारी अनुसार यो फिल्मले २३ करोड ५० लाख रूपैयाँ कमाएको थियो। तर, चलचित्र विकास बोर्डको तथ्यांकमा भने यसले २१ करोड ३८ लाख कमाएको छ।

यता, ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनसँगै सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो। अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो फिल्मले पाएको छ। 

त्यस्तै, अर्को रेकर्डको रूपमा ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो।

सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्म रिलिजको दिन सुस्त ओपनिङ गरे पनि सकारात्मक समीक्षा र फिल्म हेर्ने दर्शकहरूको माउथ पब्लिसिटीका कारण बम्पर व्यापार गरिरहेको छ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरूको अभिनय छ। 

सम्बन्धित समाचार

कात्तिक २८, २०८१ बुधबार १८:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।