रविको हिरासतको अवधि १३ दिन थपियो
काठमाडौँ : सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति सुद्धिकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद १३ दिन थपिएको छ।
आइतबार जिल्ला अदालतले १३ दिन थप म्याद दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रविलाई छुटाउन पार्टीका नेताहरू निरन्तर दबाबमा छन्। तर सफल भएका छैनन्।
उनी कात्तिक २ मा काठमाडौँमा पक्राउ परेर पोखरा लगिएको थियो। पूर्वगृहमन्त्रीसमेत रहेका उनी गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा सञ्चालक रहँदा विभिन्न सहकारीबाट अबैध रुपमा रकम लगेको घटनामा मुछिएका हुन्।
रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लिला पछाईं समेत प्रहरी हिरासतमा छन्। उनीहरुको पनि आइतबार १३ दिन म्याद थपियो।
कात्तिक २५, २०८१ आइतबार १६:२४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।