रजनीसहित तीन बडिबिल्डरले मालदिभ्समा जिते रजत पदक

रजनीसहित तीन बडिबिल्डरले मालदिभ्समा जिते रजत पदक

काठमाडौँ : नेपाली बडिबिल्डर रजनी श्रेष्ठसहित तीन जनाले १५ औँ वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा रजत पदक जितेका छन्।

मालदिभ्समा भएको प्रतियोगितामा श्रेष्ठसहित रुजेश शाही, प्रज्वलमान शाक्यले रजत जितेका हुन्। बडी बिल्डिङ एसोसिएसन अफ मालदिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा श्रेष्ठले ५५ किलो, रुजेशले ६० केजी र प्रज्वलले ४० वर्षमाथिको प्रतिस्पर्धामा रजत जितेका हुन्।

प्रतियोगिता विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा भएको हो। प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन्। ललित धिमाल, रजित आचार्य र सनम मूलगुठीको प्रतिस्पर्धा शनिवार रहेको छ।

कात्तिक २३, २०८१ शुक्रबार २२:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।