तोलामा चार हजारले घट्यो सुनको मूल्य
काठमाडौं : साताको पाँचौं दिन बिहीबार बुधबार सुनचाँदीको ह्वात्तै घटेको छ।
बुधबारको तुलनामा बिहीबार सुन तोलाको चार हजार रुपैयाँ र चाँदी तोलामा ५५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार सुन तोलाको एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो।
यसका अलावा बिहीबार चाँदीको मूल्य तोलाको एक हजार नौ सय ६० रुपैयाँ भएको छ। बुधबार चाँदी तोलाको दुई हजार १५ रुपैयाँ थियो।
कात्तिक २२, २०८१ बिहीबार ११:४६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।