पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट तीन विदेशी नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन्। उनीहरू मंगलबार साँझ पक्राउ परेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनीहरू एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए। उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ परेका हुन्।
नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ।
कात्तिक २१, २०८१ बुधबार ०८:४७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।