३० वर्षीय पुरूषलाई बेपत्ता बनाएको आरोपमा एकजना पक्राउ
काठमाडौं : रामेछापको मन्थली नगरपालिका-१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन्। प्रहरीले तामाकोशी नदीमा उनको खोजतलास गरिरहेको छ।
भुजेललाई बेपत्ता पारेको आरोपमा मन्थली-१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।
भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए।
शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन्।
प्रहरीले विकसँग बयान लिइरहेको छ।
कात्तिक १९, २०८१ सोमबार १३:१८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।