पूर्णबहादुरको सारङ्गीको शो दोब्बर बढ्यो, सिंघम र भुलभुलैयासँगै १२ गाउँ खुम्चिए
काठमाडौँ : रिलिजकै दिन फिल्म पूर्णबहादुरको सारङ्गीले हलमा करिब ८० शो जति पायो। रिलिजको दिन यसले जति शो पायो भन्यो भन्दा बढी थियो तेस्रो हप्तामा पुगेको १२ गाउँको। बिहीबारको शोहरुमा अकुपेन्सी पनि पातलै थिए।
शुक्रवार दुई बलिया हिन्दी फिल्म भुलभुलैया र सिंघम रिलिज भए। त्यसको मार पूर्णबहादुरको सारङ्गीलाई नै पर्यो। तर सकारात्मक समीक्षा अनि फिल्म हेरेका दर्शकहरूले सामाजिक सञ्जाल साथीभाइ माझ गरेको फिल्मको चर्चाले बिस्तारै फिल्मको हाइप बढ्दै गयो। सामाजिक सञ्जाल हलमा फिल्म हेरिरहेका दर्शक रोइरहेका दृश्यले भरिएको छ टिकटक।
टिकटकमा दर्शक रोएको मात्रै हैन, फिल्मको सस्पेन्स खुलाउने क्लिपहरू समेत राखिएको छ। तर ती क्लिपले फिल्मको सस्पेन्स खुलाएर हलसम्म पुग्न दर्शकलाई निरुत्साहित गर्नेभन्दा थप उत्साहित गरिरहेको देखायो बढेका शो सङ्ख्याले। प्राय फिल्म मेकरहरु आफ्नो फिल्म रिलिज भएको केही दिनमै टिकटममा हलमा खिचेर फिल्मको क्लिप नराख्न अनुरोध गर्दै साइबर क्राइमको उजुरी गर्ने चेतावनी दिन्छन्। तर पूर्णबहादुरको सारङ्गीको टिम यो मामिलामा मौन छन्।
जति शो पाएका थिए ती शोहरु हाउसफुल हुन थाले। तै पनि शो सङ्ख्या भने बढेको थिएन। आइतबार टिकाको दिनसम्मको अवस्था यही थियो। अन्य फिल्मका शोहरु पातलोहुँदा पूर्णबहादुरको सारङ्गीको टिकट नपाउने स्थिति थियो। तिहार सकियो। लगत्तै सोमबार सबै हलहरूले पूर्णबहादुरको सारङ्गीको शो सङ्ख्या पनि दोब्बर बढाए।
सोमबार शो सङ्ख्या एक सय ५० माथि थियो। अधिकांश शोहरु पुरै प्याक देखिन्छन्। यसले मङ्गलवार शो सङ्ख्या थप बढ्ने देखिन्छ।
करिब डेढ करोड लगानीमा बनेको यो फिल्मको लगानी उठ्न। पाँच करोड हाराहारीमा ग्रस कलेक्सन भए पुग्छ। बढेको शो सङ्ख्याका आधारमा निर्माण टिम लगानी सुरक्षित गर्न सफल भइसकेको देखिन्छ।
यता पूर्णबहादुरको सारङ्गीको शो सङ्ख्या बढ्दा करिब सय पर्दामा प्रदर्शन भइरहेको १२ गाउँ सोमबारबाट १५ पर्दामा झरेको छ। उता छक्कापञ्जाको शो सङ्ख्या पनि निकै कम भइसक्यो। भुलभुलैया-३ अनि सिंगम अगेनको शो सङ्ख्या पनि निरन्तर घटीरहेको छ।
कात्तिक १९, २०८१ सोमबार १३:१५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।