एक लाख ७० हजार पुग्यो सुनको भाउ
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ।
आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो। यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ।
मंगलबार तोलामा २ हजार १ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार १ सय २० रूपैयाँमा कारोवार भइरहेको छ।
कात्तिक १४, २०८१ बुधबार १२:०८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।