१५ सय रुपैयाँले बढ्यो सुन, रेकर्ड ब्रेक
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ।
आज सुन प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसा आज सुनकाे मूल्य एक लाख ६८ हजार पाँच सय रुपैयाँ कायम भएको छ। यो मूल्य नेपाली बजारमा सुनको अहिलेसम्मकै उच्च हो।
यसैगरी,चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर दुई हजार एक सय पाँच कायम भएको महासंघले जनाएको छ।
सोमबार दुई हजार ६५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य मंगलबार दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।
कात्तिक १३, २०८१ मंगलबार १३:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।