फास्ट ट्रयाक टेण्डरको मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख ठगेको आरोपमा एक जना पक्राउ

फास्ट ट्रयाक टेण्डरको मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं : काठमाण्डौं-निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। 

लितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजीकुमार आचार्यले जानकारी दिए। 

उनका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाण्डौं-निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ एक करोड २८ लाख लिएर फरार भएका थिए। 

कार्यालयमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट यही ६ मा पक्राउ अनुमति जारी भएको थियो। खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको हो। 

कात्तिक १२, २०८१ सोमबार २२:०१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।