१४ किलो अवैध चाँदीसहित दुई जना पक्राउ

१४ किलो अवैध चाँदीसहित दुई जना पक्राउ

बारा : इलाका प्रहरी कार्यालय अमलेखगञ्जले १४ किलो अवैध चाँदीसहित दुई जनालाई  पक्राउ गरेको छ।

शुक्रबार विहान आठ बजे जीतपुर सिमरा उप-महानगरपालिका-२१ अमलेखगञ्ज स्थितमा पथलैया बाट हेटौडा जाँदै गरेको दुई मोटरसाइकलबाट उक्त परिणामको चाँदी बरामद गरिएको हो।

पक्राउ पर्नेमा ना ५२ प २५८४ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल चालक बारा प्रसौनी गाँउपालिका-६ प्रस्टोका बस्ने ३३ वर्षीय सन्तोष साह सोनार रहेका छन्। उनको साथबाट अन्दाजी ९ किलो चाँदी बरामद गरिएको थियो।

यस्तै ना ५५ प ३९३२ नम्बरको १५० सीसी पल्सर मोटरसाकइकल चालक बारा जीतपुर सिमरा उपमहानगरपालिका-८ गमरगावाटोल बस्ने २७ वर्षीय सुरेश महतो रहेका छन्। उनको साथबाट अन्दाजी पाँच किलो चाँदी बरामद गरिएको थियो।

मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाइ नेपाल भित्र्याइएको करिब २५ लाख चार हजार ९५० रुपैयाँ बराबरको चाँदी बरामद गरी प्रहरीले आवश्यक प्रकिया अघि बढाएको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
 

कात्तिक ८, २०८१ शुक्रबार १२:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।