थामियो सुनको मूल्य, चाँदीको घट्यो

थामियो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं : लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार थामिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ।

यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोवार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ।

बिहीबार तोलामा २ हजार ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज २५ रूपैयाँले घटेर २ हजार ७० रूपैयाँमा कारोबार भइरहेको छ।

कात्तिक ८, २०८१ शुक्रबार ११:२०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।