राप्ती नदीमा डुबेर नुहाउन गएका तीन बालिकाको मृत्यु

राप्ती नदीमा डुबेर नुहाउन गएका तीन बालिकाको मृत्यु

लुम्बिनी : दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

लमही नगरपालिका-२ रनियाँपुरका तीन बालिकाको आज राप्ती नदीमा डुबेर मृत्यु भएको हो।

लमही नगरपालिका-२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका-४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इश्वर थापाले जानकारी दिए। 

कृष्टी गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा कक्षा ८ मा, झरना पत्थरगढवास्थित मार्टिन एकेडेमीमा कक्षा ४ मा तथा निशा सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन्।  

कात्तिक ७, २०८१ बिहीबार २०:४९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।