वनमन्त्रीको सय दिने उपलब्धि : रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी!

वनमन्त्रीको सय दिने उपलब्धि : रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी!

काठमाडौं : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक सय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले १५ बुँदे उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

यस्ता छन् मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरू:
१. दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने विषय सम्पन्न भएको। दिगो वन व्यवस्थापनकी मापदण्ड तयार गरिएको।
२. सामुदायिक वन व्यवस्थापनलाई सहजीकरण गर्ने गरी सामुदायिक वन मार्गदर्शन तयार गरिएको।
३. बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकिएको, रातो बाँदरको हकमा प्रतिवेदन तयार भइ स्वीकृतिको क्रममा रहेको, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाइएको।
४. कार्बन व्यापारमा निजी क्षेत्र समेत समावेश गर्ने गरी वातावरण संरक्षण नियमावली, २०७७ संशोधनको अन्तिम चरणमा पुगेको।
५. राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८१ तयार भएको।
६. बाह्य मिचाहा प्रजाति नियन्त्रण रणनीति, २०८१ तयार भएको।
७. वायु प्रदूषण न्यूनीकरण तथा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्ने उद्देश्यले Hydrofluorocarbons -HFCs को उत्सर्जनमा कमी ल्याइ वातावरणीय स्वच्छता कायममा सहयोग पुर्याउने तथा सो सम्बन्धमा नेपालको अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न मोन्ट्रियल प्रोटोकल अन्तर्गतको किगाली संशोधन अनुमोदन प्रस्ताव तयार गरी म.प.को सहमति लिएर मिति २०८१/०५/२५ गते संसदमा टेबुल भएको।
८. नेपालको राष्ट्रिय बन र प्रदेश अनुसार बनको तथ्यांक अद्यावधिक गर्न नेपालको राष्ट्रिय भू-क्षेत्र NLCMS नक्सांकन गरी सहमतिको लागि नापी विभाग अन्तर्गत रहेको नाप नक्सा समितिको सचिवालयमा पेश गरिएको छ। त्यस समितिबाट सहमति भइ आइसके पश्चात् सबैको उपयोगको लागि हुने गरी प्रकाशित गरिने।
९. वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित आव २०८१–८२ आयोजना एवं कार्यक्रम तथा प्रदेशहरूमा संचालन हुने संघीय सशर्त कार्यक्रमहरू सञ्चालन गर्न हुने संघीय सशर्त कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१, वन तथा भू–संरक्षण विभाग, वातावरण विभाग, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, वनस्पति विभाग र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत भएको।
१०. रेडप्लस कार्यक्रम मार्फत भ्mष्ककष्यल च्भमगअतष्यल को पहिलो किस्तावापत विश्व बैंकबाट एक अर्ब ५१ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको।
११. वन विकास कोषमा यस अवधिमा मात्र ६ करोड ५९ लाख ११ हजार २ सय ४ रूपैयाँ जम्मा भएको।
१२. चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ११ वटा विकास आयोजनाहरूलाई राष्ट्रिय वनक्षेत्रको १३०.५ हेक्टर क्षेत्रफलको जग्गा प्रयोग गर्न र ४४ हजार २७७ वटा रुख हटाउन स्वीकृति दिइएको।
१३. वातावरण संरक्षण र विकासबीच समन्वय गरी दिगो विकास तथा आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले ५ वटा आयोजनाहरूको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरिएको, ४ बटा आयोजनाहरूको अद्यावधिक वातावरणीय व्यवस्थापन योजना (इएमपी) स्वीकृत गरिएको र नौ वटा आयोजनाहरूको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण प्रतिवेदन एसडी तथा कार्यसूची टिओआर स्वीकृत गरिएको। त्यसैगरी २ वटा जलविद्युत आयोजनाको पूरक वातावरणीय अध्ययन प्रतिवेदन एसइआईए स्वीकृत गरिएको।
१४. कोलोम्बियाको राजधानी क्यालीमा भएको जैविक विविधता महासन्धिको १६ औं सम्मेलनमा नेपालले सक्रिय भाग लिएको।
१५. जलवायु परिवर्तनका असर र प्रभावका कारण नेपाल र नेपाली मुख्य गरी हिमालमा परेको असरका सम्बन्धमा अन्तराष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनको लागि आगामी नोभेम्बर ११–२२, २०२४ मा अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तन महासन्धिको २९ औं सम्मेलनमा सम्माननीय राष्ट्रपतिज्यूको नेतृत्वमा भाग लिने गरी तयारीको कार्यहरू भएको।

कात्तिक ८, २०८१ बिहीबार १९:२२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।