रविको म्याद थपिएपछि आक्रोशित रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोडे, प्रहरीले दुई सेल अश्रुग्यास हान्यो

रविको म्याद थपिएपछि आक्रोशित रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोडे, प्रहरीले दुई सेल अश्रुग्यास हान्यो

काठमाडौं : जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएपछि रास्वपा कार्यकर्ताले थप आक्रोशित भएर निषेधित क्षेत्र तोडेका छन्। 

दोस्रोपटक म्याद थप हुनबाट रोक्ने रणनीतिमा लागेका रास्वपा नेताहरूको रणनीतिअनुसार नै आन्दोलन गरिरहेका कार्यकर्ताहरूले आज रविलाई अदालत लगिँदा कार्यकर्ताले लैजाँदै गर्दा पनि निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए। 

यत्तिकैमा म्याद थपको सूचनासँगै प्रदर्शनकारी आक्रोशित भएर निषेधित तोडेपछि तनाव बढेको थियो। उनीहरूले उग्र भएर नाराबाजी गरिरहे। 

अदालतको निर्णयपछि निषेधित क्षेत्र तोडेर राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका कार्यकर्ताको भीडलाई नियन्त्रणमा लिन प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गर्यो। 

त्यसपछि उनीहरू निषेधित क्षेत्रबाट ५० मिटर जति वर बसेर नाराबाजी गरिरहेका छन्।  

कात्तिक ८, २०८१ बिहीबार १७:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।