रवि लामिछानेको बयान सुरू हुँदैगर्दा पोखरामा रास्वपाको प्रदर्शन, हिजो भन्दा प्रदर्शनकारीको संख्या घट्यो

रवि लामिछानेको बयान सुरू हुँदैगर्दा पोखरामा रास्वपाको प्रदर्शन, हिजो भन्दा प्रदर्शनकारीको संख्या घट्यो

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरू भएको छ। बयानकैबीच समर्थक र शुभेच्छुकले पोखराको पृथ्वीचोकमा प्रदर्शन जारी राखेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन्। 

रविलाई कार्तिक २ मा पार्टी कार्यालय वनस्थलीबाट नियन्त्रणमा लिइएको थियो। त्यसयता रास्वपा कार्यकर्ताले देशका विभिन्न स्थानमा विरोध तथा प्रदर्शन गरिरहेकै छन्। 

हिजो भन्दा आज प्रदर्शनकारीको संख्या भने कम छ। उनीविरूद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ।  

कात्तिक ५, २०८१ सोमबार १५:१८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।