वीरगंजबाट नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

वीरगंजबाट नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

पर्सा : वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्ण कुमार महतो रहेका छन्। उनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक १, २०८१ शुक्रबार १२:२७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।