तोलामा छ सयले बढेसँगै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

तोलामा छ सयले बढेसँगै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा एक लाख ६२ हजार चार सय रुपैयाँ कायम भएको हो।

बुधबार सुनको मूल्य तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार तोलामा एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार  भइरहेको छ।

असोज ३०, २०८१ बिहीबार ११:१७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।