होटलको दोस्रो तलाबाट खसेर चर्चित पप गायक लियान पेनेको मृत्यु

होटलको दोस्रो तलाबाट खसेर चर्चित पप गायक लियान पेनेको मृत्यु

एजेन्सी : पप ब्याण्ड वन डाइरेक्शनसँग आवद्ध चर्चित गायक लियाम पेनेको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ।

३१ वर्षीय पेने होटलको तेस्रो तलाबाट खस्दा उनको मृत्यु भएको बीबीसीले जनाएको छ।

घटनापछि प्रहरीले एक विज्ञप्ति जारी गर्दै आफूहरूको आकस्मिक सेवामा कल आएपछि घटनास्थल पुग्दा त्यहाँ पेनेको शव भेटेको उल्लेख गरेको छ।

ब्यूनस आयर्स प्रहरीका अनुसार घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानले लियाम पेने लागूपदार्थ र मदिरा सेवन गरेको हुनसक्ने अनुमान गरेको छ।

आकस्मिक चिकित्सा सेवाका निर्देशक अल्बर्टो क्रिसेन्टीले स्थानीय मिडियालाई भनेका छन्- ‘पेनलाई गम्भीर चोट लागेपछि उनको मृत्यु भएको हो। अब उनको शवको पोस्टमार्टम गरिनेछ।’

लियाम पेनको मृत्युको खबर फैलिने बित्तिकै उनका धेरै फ्यानहरू होटल बाहिर भेला हुन थालेपछि प्रहरीले घटनास्थल घेराबन्दी गर्नुपरेको थियो।

लियाम पेने २०१० मा एक्स फ्याक्टर टिभी शोमा स्थापना भएको प्रसिद्ध ब्वाइब्यान्डको एक हिस्सा थिए। ह्यारी स्टाइल्स, लुइस टमलिन्सन, नियाल होरान र जेन मलिक जस्ता कलाकारहरू पनि यस समूहमा परेका थिए।

यस महिनाको शुरूमा पेनेले आफ्नो पूर्व ब्यान्डमेट नियाल होरानको अर्जेन्टिना कन्सर्टमा पनि भाग लिएका थिए।

असोज ३०, २०८१ बिहीबार ०९:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।