१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार?

१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार?

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलामा १३ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ६१ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ।

यस्तै चाँदी तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको छ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ हुँदा चाँदी एक हजार नौ सय २५ रुपैयाँ थियो।

असोज २९, २०८१ बुधबार ११:२७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।