बाबुछोरा सँगै बसेर रक्सी खाए, रक्सीले मातेपछि बाबुले हँसिया प्रहार गर्दा छोराको ज्यान गयो

बाबुछोरा सँगै बसेर रक्सी खाए, रक्सीले मातेपछि बाबुले हँसिया प्रहार गर्दा छोराको ज्यान गयो

लमजुङ : रक्सीले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका-२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका डिएसपी निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए। त्यसपछि उनीहरूबीच विवाद भएको थियो। 

५७ वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारको लागि अस्पताल लैजाने क्रममा गम्भीर उनको मृत्यु भएको हो।

आरोपीलाई हिरासतमा लिएर कानुनी कारबाही सुरू भएको छ। मृतककी एक छोरी र श्रीमती छन्। 

समयमा अस्पताल पुर्याउन सकिएको भए उनको ज्यान जोगिनसक्ने तामाङका छिमेकीले बताएका छन्।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा आज बिहान मृत्यु भएको हो।  

असोज १८, २०८१ शनिबार १४:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।