विपद्मा परेका नागरिकहरूको उद्धारमा रास्वपाको कार्यकर्ता सबैभन्दा बढि खटे तर, प्रचार कम भयो : रवि

विपद्मा परेका नागरिकहरूको उद्धारमा रास्वपाको कार्यकर्ता सबैभन्दा बढि खटे तर, प्रचार कम भयो : रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब चाडपर्वको बेलामा आम नागरिकलाई सेवा दिने सन्दर्भमा सरकारलाई सुझाउने बताएका छन्।

बुधबार पार्टी कार्यालय बनस्थलीमा भएको छलफलमा उनले हिजोसम्म सरकारले यो किन गरेन यस्तो किन गर्यो भनेर आलोचना र टिकाटिप्पणी गरेतापनि अब सरकारको आलोचना मात्र नगरी सल्लाह सुझाव पनि दिने बताए। 

उनले भने, ‘अब हामी दोस्रो मोडमा आएका छौं। हिजोसम्म हामीले सरकारले यो किन गरेन यस्तो किन गर्यो भनेर आलोचना र टिकाटिप्पणी गर्यौं। अब यो चाडपर्वका बेलामा आम नागरिकलाई कसरी सेवा दिने। सरकारलाई कहाँ कहाँ हामीले साथ दिने र कुन ठाउँमा खबरदारी गर्ने हो। हामीले अब आलोचना होइन, सरकारलाई सल्लाह सुझाव दिने छौं।’

उनले बाढी-पहिरो विपद्मा परेका नागरिकहरूको उद्धार कार्यमा रास्वपाको कार्यकर्ता सबैभन्दा बढि खटेको भएतापनि प्रचार प्रसार भने कम गरेको बताए। 

उनले अब सरकारको आलोचनालाई सकाएर सहयोगको चरणमा रास्वपा आइपुगेको भन्दै एउटा राजनीतिक दलको जिम्मेवारी पूरा गर्नका लागि सरकारको सहयोगी बन्ने बताए। 

असोज १५, २०८१ बुधबार २०:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।