अर्चनाले बताइन् जीवनको सबैभन्दा कठिन अवस्था, भनिन्- ‘सासुको मृत्युको खबर पाएर पनि अट्टहास हाँसे’

अर्चनाले बताइन् जीवनको सबैभन्दा कठिन अवस्था, भनिन्- ‘सासुको मृत्युको खबर पाएर पनि अट्टहास हाँसे’
कमेडियन कपिल शर्माको साथमा अर्चना पुरन सिंह

काठमाडौं : ‘द ग्रेट इन्डियन कपिल शो’मा जजको भूमिकामा देखिएकी अर्चना पूरन सिंहले हालैको एक अन्तर्वार्तामा आफ्नो जीवनको सबैभन्दा कठिन अवस्थाको उल्लेख गरेकी छिन्।

अर्चनाले आफ्नी सासुको मृत्युपछि पनि कमेडी शोको लागि सुटिङ गरेको उल्लेख गरेकी छन्।

‘म एउटा कमेडी शोको सुटिङ गरिरहेकी थिएँ। टोलीले धेरैजसो एपिसोडको छायांकन गरिसकेको भएपनि केही दृश्य बाँकी थिए। यही सुटिङकै क्रममा सासुको निधन भएको खबर पाएँ’, अर्चनाले इन्स्ट्यान्ट बलिउडलाई दिएको एक अन्तर्वार्तामा भनिन्।

उनले अगाडि थपिन्, ‘म तुरुन्तै सेट छोडेर घर जान चाहन्थेँ तर निर्माताले रोके। त्यतिबेला मैले शाेका लागि निर्माताले कति धेरै समय र पैसा लगानी गर्छन् भन्ने नै बिर्सिएँ।’

त्यो अवस्थाम मनभित्र र बाहिरको अवस्थामा विल्कुलै फरक अवस्था रहेको उनले उल्लेख गरेकी छन्। मनमा सासुको मृत्युको पीडा भए पनि बाहिर हाँसेर देखाउनु आफ्नो बाध्यता भएको उनले बताइन्।

अर्चनाले भनिन्, ‘२०/३० वर्ष उद्योगमा बिताएपछि व्यावसायिक प्रतिबद्धता बुझ्ने हुनु जरुरी छ। श्रीमानले पनि त्यतिबेला मेरो अवस्था बुझ्नुभयो। निर्माताले के गरे बुझिनँ, एक्सन सुन्नेबित्तिकै अट्टहास हाँसे।’

श्रीमानको साथमा अर्चना

‘द ग्रेट इन्डियन कपिल शो’ को हालैको एपिसोडमा ‘देवरा’को स्टार कास्टमा जान्हवी कपूर, जूनियर एनटीआर र सैफ अली खान अतिथिको रूपमा थिए। यो एपिसोड नेटफ्लिक्समा स्ट्रिम भइरहेको छ।

असोज १५, २०८१ बुधबार १०:५९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।