मंगलबार १० चैत, २०८२
सुनचाँदीको मूल्य थोरै घट्यो
काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य थोरै घटेको छ।
आइतबारको तुलनामा सोमबार सुन तोलाको एक सय र चाँदी पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार सुनको मूल्य एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम भएको छ। आइतबार सुन तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि सोमबार घटेर एक हजार ९४० रुपैयाँ आएको छ। आइतबार एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
असोज १४, २०८१ सोमबार १०:५९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।