छ सयले घट्यो सुन

छ सयले घट्यो सुन

काठमाडौं : साताको पहिलो दिन आइतबार सुन तोलामा छ सय रुपैयाँले घटेको छ।

शुक्रबारको तुलनामा सुन तोलामा छ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार सुन तोलाको एक लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार सुन तोलाको एक लाख ६१ हजार २ सय रुपैयाँ हुँदै सबैभन्दा धेरै मूल्यको कीर्तिमान बनाएको थियो।

यस्तै चाँदी आज एक हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

असोज १२, २०८१ आइतबार १०:५६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।