सुनको मूल्य : कीर्तिमानको क्रम आज पनि जारी, कति पुग्यो?

सुनको मूल्य : कीर्तिमानको क्रम आज पनि जारी, कति पुग्यो?

काठमाडौं : सुनले आफ्नो मूल्यमा कीर्तिमान राख्ने क्रम आज पनि रोकिएन।

आज सुनको मूल्य बिहीबारको तुलनामा पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक मूल्य हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ कायम भएको छ।

बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँ थियो। लगातार पाँच दिनदेखि सुनको मूल्यले कीर्तिमान तोड्दै आएको छ।

चाँदीको मूल्य भने पछिल्लो तीन दिनदेखि स्थिर छ। आज पनि चाँदी तोलाको एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

असोज १०, २०८१ शुक्रबार ११:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।