सात सय रुपैयाँले बढ्यो सुनको मूल्य, बन्यो नयाँ कीर्तिमान

सात सय रुपैयाँले बढ्यो सुनको मूल्य, बन्यो नयाँ कीर्तिमान

काठमाडौं : साताको चौथो दिन सुनको मूल्य सात सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य सात सय र चाँदीमा ४० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुन तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

यसअघि मंगलबार सुन तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदी तोलामा ४० रुपैयाँले बढ्दै एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

असोज ८, २०८१ बुधबार ११:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।