मलाई पक्राउ गर्ने उद्देश्यले नै छविलाल जोशीलाई पक्राउ गरियो : रवि लामिछाने

मलाई पक्राउ गर्ने उद्देश्यले नै छविलाल जोशीलाई पक्राउ गरियो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने उद्देश्यले नै पूर्व डीआइजी छविलाल जोशीलाई पक्राउ गरिएको दाबी गरेका छन्। 

मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले ग्यालेक्सी टीभीका संचालक पूर्व डीआइजी जोशीलाई पक्राउ गरेर आफूलाई पनि पक्राउ गर्न षड्यन्त्र गरिएको बताए। 

उनले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको भन्दै आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको 'आर्थिक अपचलन'को जिम्मेवारी लिन तयार रहेको बताए। तर, षड्यन्त्र गरे प्रतिवाद गर्ने उनको चेतावनी छ। 

'कानुनी प्रक्रियामा मेरो पूर्णरूपले साथ रहन्छ। मैले कहाँ आउनुपर्छ, मैले बयान दिन आउनुपर्छ कि, मैले पोखरा जानुपर्छ कि काठमाडौं आउनुपर्छ कि, कहाँ जानुपर्छ, म तयार छु। म थुनिनुपर्छ कि, तयार छु। म हिरासत बस्नुपर्छ कि, म तयार छु। तर, षड्यन्त्र गरेर होइन, झुक्याएर, छक्याएर, छलेर होइन,' उनले भने।

आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने उनको भनाई छ। 

उनले भने, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन। आधार प्रमाणले यी चिजहरू देखियो भन्नुस्, मेरो झोला रेडी छ। तर, छलछाम स्वीकार्य छैन।’ 

असोज ७, २०८१ मंगलबार २०:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।