सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो मूल्य?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो मूल्य?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य तोलामा चारसय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै,चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ।

आइतबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँ कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ।

असोज ६, २०८१ सोमबार ११:१४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।