सहकारी ठगीको प्रतिवेदन कार्यान्वयन सुरु, गोर्खा मिडियामा संलग्न पूर्व डिआइजी जोशी पक्राउ

सहकारी ठगीको प्रतिवेदन कार्यान्वयन सुरु, गोर्खा मिडियामा संलग्न पूर्व डिआइजी जोशी पक्राउ

काठमाडौँ : गृह मन्त्रालयले सहकारी ठगी सम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन सुरु गर्दै कारबाहीको सूचीमा रहेकाहरूलाई पक्राउ सुरु गरेको छ। आइतबार प्रहरीले आफ्नै सङ्गठनका पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गर्यो।

गृहमन्त्री रमेश लेखकले आइतबार सहकारीबारे अध्ययन गरेको संसदीय समितिको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। जोशीलाई काठमाडौँमा पक्राउ परेको प्रहरी प्रधान कार्यालय स्रोतले पुष्टि गरेको छ।

गोर्खा मिडियाका पूर्व सञ्चालक रहेका जोशी शुर्यदर्शन सहकारीको रकम दुरुपयोगको आरोपमा पक्राउ परेका हुन्।

संसदीय समितिले विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न रहेको भन्दै जोशीसहित जीवी राई, रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको थियो। जोशीलाई पोखरा पठाउने तयारी रहेको बुझिएको छ।

असोज ५, २०८१ आइतबार १८:४५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।