तोलामा १५ सय रुपैयाँले बढ्यो सुन, आजको मूल्य कति?

तोलामा १५ सय रुपैयाँले बढ्यो सुन, आजको मूल्य कति?

काठमाडौं : कारोबार हुने साताको छैटौं दिन शुक्रबार सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ।

बिहीबारको तुलनामा सुन तोलामा १५ सय र चाँदी तोलामा ३५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको छ।

बिहीबार सुन प्रतितोला एक लाख ५५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको एक हजार ९१५ रुपैया पुगेको महासंघले जनाएको छ।

असोज ३, २०८१ शुक्रबार ११:१४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।