सुनको मूल्य तोलामा आठ सयले घट्यो

सुनको मूल्य तोलामा आठ सयले घट्यो

काठमाडौं : उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ। यसै क्रममा आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि एक लाख ५५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार आठ सय ८० निर्धारण भएको छ।

असोज २, २०८१ बिहीबार १२:१०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।