सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले वृद्धि भई कीर्तिमान कायम गरेको हो।
महासंघले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय निर्धारण भएकाे छ।
आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रूपैयाँले वृद्धि भएको छ।
आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ।
भदौ ३१, २०८१ सोमबार १२:०५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।