जापान पठाइदिन्छु भनी  ४ लाख ५० हजार ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ

जापान पठाइदिन्छु भनी  ४ लाख ५० हजार ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ

काठमाडौं : आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ सुन्धाराबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

भदौ २९, २०८१ आइतबार १३:४९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।