सुनको मूल्य बढेको बढ्यै, आज पनि नयाँ कीर्तिमान

सुनको मूल्य बढेको बढ्यै, आज पनि नयाँ कीर्तिमान

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

शुक्रबारको तुलनामा पाँच सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार आठ सय रुपैयाँ कायम भएको छ।

यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। यसअघि शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।

शुक्रबार सुनको मूल्य एक लाख ५६ हजार तीन सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। एकै दिन तोलामा ४० रुपैयाँ बढ्दै आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँ पुगेको छ।

भदौ २९, २०८१ आइतबार १०:४८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।