सय रुपैयाँले घट्यो सुन, चाँदीमा १५ रुपैयाँ बढोत्तरी

सय रुपैयाँले घट्यो सुन, चाँदीमा १५ रुपैयाँ बढोत्तरी

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको छ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो।

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ७९५ निर्धारण भएको छ। 

भदौ २७, २०८१ बिहीबार १२:०१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।