भारतीय नम्बरका कारमा कर छलेर कपडा नेपाल ल्याउँदैगर्दा ३ जना पक्राउ
झापा : जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले तीनवटा कारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउँदैगर्दा उनीहरू पक्राउ परे।
भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बी ४ एन ६८७८, डब्लु बी ७४ पि ७७९९ र डब्लु बी ७४ एन ८४६२ नम्बरको कारबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ९९ हजार एकस मूल्य बराबरको कपडा बरामद गरेको जनाएको छ।
बरामद कपडामा पुरुषको टाउजर ११० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल १ हजार २५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस, लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस रहेका छन्।
प्रहरीले बरामद गरेको कारको मूल्य अन्दाजी २४ लाख मुल्यांकन गरेको छ। कारसहित कपडाको मूल्य २९ लाख ५० हजार १०० रहेको जनाएको छ।
पक्राउ पर्नेहरूमा भारतीय कार चालक भारतको पानीट्यांकी बस्ने राम दयाल बर्मन, सोही स्थानको अमित राय र राजकुमार घोष रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।
पक्राउ परेको कारसहित भारतीय नागकिरलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको छ।
भदौ २३, २०८१ आइतबार १६:४६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।