सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा १२ सय रुपैयाँले घटेर घटेको हो।
यसअघि शुक्रबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भैइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
भदौ २३, २०८१ आइतबार १३:२३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।