तीजको व्रतको दिनको सुनको मूल्यमा नयाँ कीर्तिमान

तीजको व्रतको दिनको सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं : हरितालिका तीजको व्रतको दिन सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

बिहीबारको तुलनामा तोलामा एक हजार तीन सय रुपैयाँले बढ्दै सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च रहँदै कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार तोलाको एक लाख ५२ हजार कायम रहेको सुनको मूल्य शुक्रबार (आज) तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको हो।

यसअघि छापावाल सुनको मूल्य सबैभन्दा बढी भदौ १२ गते एक लाख ५३ हजार एक सय रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेर एक हजार ७९५ रुपैयाँ पुगेको छ।

भदौ २१, २०८१ शुक्रबार ११:२२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।