सहकारी ठगीमा संसदीय समितिदेखि प्रहरीसम्म बयानमा दौडिरहेका रविको दाबी ‘पार्टीप्रति नागरिकको विश्वास बढेको छ’

सहकारी ठगीमा संसदीय समितिदेखि प्रहरीसम्म बयानमा दौडिरहेका रविको दाबी ‘पार्टीप्रति नागरिकको विश्वास बढेको छ’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाएको दाबी गरे।

सहकारीमा रहेको बचतकर्ताको रकम दुरुपयोगको आरोपमा संसदीय समितिदेखि प्रहरीसम्मको छानबिनको दायरामा रहेका उनले मङ्गलवार रास्वपाको कोशी प्रदेश भेलामा बोल्दै दाबी गरे ‘रास्वपप्रति नागरिकको विश्वास बढिरहेको छ।’

उनले यसको पुष्टि आगामी निर्वाचनमा हुने दाबी गर्दै भने’ रास्वपासँग डराएर दुई ठूला प्रतिस्पर्धी दल मिलेर सरकार बनाएका छन्। तर उनीहरू नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन्।’

उनले पुराना दलहरूको बेथितिप्रति जनआक्रोश बढ्दै जाँदा स्वतः आन्दोलन दाबी गर्दै यस्तो आन्दोलन भएमा रास्वपा अग्रपङतीमा हुने दाबी समेत गरे।

गोर्खा मिडिया प्रालीले चलाएको ग्यालेक्सी टेलिभिजनमा विभिन्न सहकारीबाट गैर कानुनी रूपमा पैसा ल्याएर बचतकर्ताहरूको रकम दुरुपयोग गरेको आरोपमा संसदीय समितीले उनीसँग करिब १० घण्टा बयान लिएको छ।

हालै पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलनमा कास्की प्रहरीले समेत उनीसँग बयान लिएको सार्वजनिक भइसकेको छ।

भदौ १७, २०८१ मंगलबार २०:२४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।